• ६ चैत्र २०८१, बिहीबार

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

पाँचथर — इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले राईकै छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनराजका २९ वर्षीय छोरा एडवड राई, बुहारी ९एडवड० की श्रीमती २६ वर्षीया मालती तामाङ ९राई० सहित रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाउ परेका अन्य ४ जनामा २४ वर्षीय छिमेकी नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेको इलामका प्रहरी प्रमुख ९एसपी० एकनारायण कोइरालाले जानकारी दिए ।
धनराजको शव माघ २८ गते आफ्नै घरको भुइतलास्थित गोप्य कोठामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
मृतकको टाउको अगाडि र पछाडिको भागमा ठूलो गहिरो चोट लाग्नुका साथै कोठामा रगत लतपतिएको तथा कोदालो, फलामको रड र आग्लो जस्तु वस्तु भेटिएपछि हत्या भएको हुनसक्ने आशंकमा छोरा–बुहारी सहित ६ जनलाई पक्राउ गरी अनुसन्धान थालिएको पनि कोइरालाको भनाइ छ ।

सोमबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट मंगलबार नै ८ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्