• ३ चैत्र २०८१, सोमबार

सरस्वती बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले मनाए ३० औं जनयुद्ध दिवस

समिर कुमार अधिकारी ( द्रुपद )
काठमाडौं फागुन १ २०८१

३० औं जनयुद्ध दिवसको अवसरमा सरस्वती बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी सरस्वती क्याम्पस कमिटीले क्याम्पसमा रहेको जनयुद्ध सहिद शुसिला पान्डेको शालिकमा माल्यापर्ण गरेका छ्न।


अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समितिका अध्यक्ष प्रदिप भन्डारी उपस्थित सहित अखिल क्रान्तिकारी सरस्वती बहुमुखी क्याम्पसले २५ औं जनयुद्ध दिवस मनाएका छन्।


फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २५ औं जनयुद्ध दिवस मनाउँदैछन । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो ।

तत्कालीन नेकपा ९माओवादी०ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो । तर, यसपटक कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको छ । माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाउन लागेको हो ।





प्रतिक्रिया दिनुहोस्