• १० बैशाख २०८२, बुधबार

प्रेमिल सम्बन्ध हरुको महा उत्सव मनाउने दिन ‘प्रेम दिवस’

राजन अधिकारी
सचिव स्वतन्त्र बिधार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ

प्रणय दिवस यो प्रेम उत्कषमा पुग्ने दिन । प्रेम गर्नका लागि सबैभन्दा ठूलो पर्व । प्रेम वास्तवमा पारस्परिक खुशी र स्नेहको एक विस्तृत रुप हो। अन्यप्रति गरिने स्नेह नै प्रेम हो। प्रेम सागर जस्तो हुन्छ । अझ भनौ यसको गहिराई नाप्न सकिन्न । प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहिको नैसर्गिक अधिकार हो । सबैले बुझ्नैपर्ने महत्त्वपूर्ण कुरा प्रेम सेवा हो ,यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन , छुट्टी हुँदैन , प्रेमलाई छोड्नै सकिँदैन।

प्रेम हरेक कुरा को अनुभव हो , अनुभुति हो । प्रेमको कुनै सिमा नै हुदैन । यो आफैमा स्पष्ट छ । प्रेम का अनेक स्वरुप हुन्छन । प्रेम सम्बन्ध सङ जोडिएको हुन्छ ।

आफ्नो मनको सबै कुरा कहाँ भन्न पाउनु ? कहिले होला मन खोलेर बोल्न पाउनु ?
अनुहार समेत हेर्न पाईन्नथो ।
मनमा लाज हुन्थ्यो , डर हुन्थो ।

यहि शब्दहरु मा नै हाम्रा आमा बुवाहरुले यही अनुभवसँगै आफ्नो जिन्दगी बिताए ।एक अर्का बिच त्याग समर्पण र माया प्रेम खुलेर व्यक्त गर्न नपाएर नै जीवनको यात्रामा आफ्नो वैवाहिक जीवन पनि पुरा गराए । तर अहिले समय फेरिएको छ । अहिलेको नयाँ युवा युवति हरुको पुस्ता आधुनिकता को रुपले आफ्नो जीवनको यात्रा अगि बढाउन चाहन्छन ।

पुरुष मात्रै नभएर महिलापनि अहिले आफ्नो जीवनको ध्यानमा केन्दित हुन थालेको छन । वैवाहिक जीवनमा रहेका कैयौं महिलाहरु घर गृहस्थी र आफ्नो कामको भारले रुमालिएका छन् । प्रतिस्पर्धा र कामको भारले उनीहरु मा मानसिक थकानमा हुन्छन् । व्यस्त जीवनशैलीका कारण उनीहरु प्रेमी प्रेमीका या श्रीमान श्रीमती भएर पर्याप्त समय बिताउन सकिरहेका हुँदैनन् । र, मानसिक तनावकै कारण कतिपय अवस्थामा सम्बन्ध नै धरापमा पर्ने स्थिति आउँछ ।

सम्बन्ध हरु विशेष हुन्छ । हरेक सम्बन्ध माया सङं जोडिएको हुन्छ । त्यो चाहे आमाबुवासँगको सम्बन्ध, भाइबहिनी बीचको सम्बन्ध, साथीहरु बीचको सम्बन्ध, जीवनसाथी या प्रेमी प्रेमीकाबीचको सम्बन्ध , यी सबै सम्बन्धको आ–आफ्नै महत्व रहेको हुन्छ

कतिपय कुराहरु हामि हाम्रो जीवनसाथी या प्रेमी–प्रेमीकाबीचको प्रेमलाई सहज रुपले स्वीकार्न तयार हुन सक्दैनौं, अरु सम्बन्धको अगाडी यो सम्बन्धलाई गौण बनाइदिन्छौ । हाम्रो जीवनसाथी या प्रेमी–प्रेमीकाको लागि हामी भित्र भित्रै मर्न समेत तयार हुन्छौं ।
तर, बाहिर व्यक्त गर्दा यो प्रेमलाई अरु सम्बन्धसँग जोडेर आदर्शवादी बन्न चाहन्छौं । यसलाई सहज तरिकाले बुझ्न हामि प्रेम दिवस सप्ताह को लागी सामाजिक सञ्जालमा लेखिने पोस्टहरु लाई उदाहरण को रुपमा लिन सक्छौं । भ्यालेन्टाइन -डे पश्चिमी समाजबाट विकास भएपनि प्रेम दिवस मा भने यस्को चर्चा जहाँ जहाँसुकै हुने गरिएको पाइन्छ ।

तर पनि भ्यालेन्टाइन डेलाई हामीले ‘प्रेम दिवस’ भनेर मनाउदै आईरहेका छौ । प्रेमको महा उत्सव , सम्बन्धको उत्सव मनाउने अवसर पाएका छौं।प्रेम हरेक कुरा को अनुभव हो , अनुभुति हो । प्रेमको कुनै सिमा नै हुदैन । यो आफैमा स्पष्ट छ । प्रेम का अनेक स्वरुप हुन्छन । प्रेम सम्बन्ध सङ जोडिएको हुन्छ ।

मन भित्र लुकेको प्रेमलाई, आफ्नो मनको चाहाना , भावनालाई बाहिर व्यक्त गर्ने, आफ्नो प्रेमी–प्रेमिका या जीवनसाथी बीचको सम्बन्धमा भएको मनमुटावलाई फ्याकेर सम्बन्ध प्रगाढ बनाउने एक अवसर ।

त्यसैले हामी भित्र गुम्सिएको रहेको भावनालाई व्यक्त गर्ने दिन हो यहिँ प्रेम दिवस । प्रेमि प्रेमिका को प्रेमिल क्षण को वास्तविक अनुभुति गर्ने दिन प्रेम दिवस हो । हामि हाम्रो प्रेमसम्बन्धको उत्सव मनाउने दिन हो ‘प्रेम दिवस’ ।

आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ । प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यो समयमा गिफ्ट पसलमा युवकयुवती भरिभराउ देखिन्छ ।


हप्ताभरि ‘भ्यालेन्टाइन डे’

युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।

‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको छ । प्रेमलाई उपहार र कस्मेटिक कुरामा विज्ञापन गर्नु आफैँमा विकृति हो । अहिले प्रेम सस्तिएको छ तर प्रेममा दिने उपहार दिनप्रतिदिन महँगिँदै गएको भान हुन थालेको छ

“प्रेम मनसँग मन साटिएको, भावनासँग जोडिएको विषय हो ।”

भ्यालेन्टाइन डे’ को इतिहास

‘भ्यालेन्टाइन डे’ को सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियानविरुद्धको गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिइयो । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

यस्तै विभिन्न समाचार एजेन्सीका अनुसार पाकिस्तानमा यो प्रणय दिवस मनाउन रोक गरेको छ भने साउदी अरबमा प्रहरीले प्रणय दिवसमाथि प्रतिबन्ध लगाएको छ । यो दिनमा पनि महिला र पुरुष रेस्टुरेन्टमा अलग्गै बस्नु पर्छ । यता भारतमा प्रणय दिवस मनाए पनि पश्चिमी संस्कृति भएको भन्दै आलोचना हुने गरेको छ ।

किन मनाइन्छ भ्यालेन्टाइन डे 
आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिएको छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ।
तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई। पू। २७०को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।

रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम(प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।

संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन हो आज। आफूले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन हो। अर्थात प्रणय दिवस

भ्यालेन्टाइनडेमा के गर्ने

आफ्नो मायालाई उत्साहका साथ प्रकट गर्नुहोस्। भ्यालेन्टाइन डे एउटा विषेश दिन हो जुन दिन आफ्नो प्रेमलाई उत्साहका साथ प्रकट गरिन्छ। प्रेमी प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुशी प्रकट गर्दै भविस्यमा अझै गाढा माया बसोस् भनी कामना गर्ने पनि यही भ्यालेन्टाइन डे हो।

त्यस्तै मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू तथा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो।

यस दिन पुराना फोटोहरू हेर्ने, ईमेल, टेक्सहरू पढ्ने र विगतलाई सम्झना गर्दै आपसमा कुरा गर्नाले यस दिनमा विशेष मनोरञ्जन प्राप्त गर्न सकिन्छ। आफ्नो प्रेमी  प्रेमिकाबीच मात्र नभएर माया प्रेम गर्ने सबै आफन्तजनका बिच यसरी नै स्मरण गरी तथा ब्यक्त गरी भ्यालेन्टाइन डे मनाउन सकिन्छ। 

14 February अर्थात भ्यालेन्टाइन डे को हार्दिक मंगलमय शुभकामना ।





प्रतिक्रिया दिनुहोस्