• १० बैशाख २०८२, बुधबार

भ्यालेन्टाईन डे ( तिमी त्यस्तै रहुन जस्ताे पहिलाे भेटमा थियौँ  )

समिर कुमार अधिकारी ( द्रुपद )

तिमी त्यस्तै रहनु
जस्तो पहिलो भेटमा थियौ।

हाम्रो पहिलो भेट,
काठमाण्डौ त्यो गल्ली,
अचानकको जम्काभेट,
र तिम्रो त्यो अभिवादन।

तिमी त्यस्तै रहनु,
जस्तो पहिलो भेटमा थियौ।

आज बषौ भएछ,
लजालु नजरको त्यो स्पर्शसँगै
हाम्रो माया अङ्कुरण भएको।
तिमी त्यहाँ, म यहाँ—
हरेक पटक आउने बाधालाई
विश्वासले जितेको।

तिमी त्यस्तै रहनु,
जस्तो पहिलो भेटमा थियौ।

स्मृतिहरू पानामा लेखिएका छन्,
तिम्रो हाँसो, तिम्रो बोलाइ,
बर्खा पछिको आकाशझैँ
सधैं ताजा, सधैं सफा।
समय बगिरहे पनि,
सम्झनाहरू स्थिर छन्।

तिमी त्यस्तै रहनु,
जस्तो पहिलो भेटमा थियौ।

म आफूलाई निहाल्छु,
तिमीलाई सम्झन्छु।
तिम्रो त्यो विश्वास‘
म कतै हराएँ भनेरु
ऐना हेर्छु, आफूलाई सम्झाउँछु।
म आफूलाई निहाल्छु,
तिमीलाई सम्झन्छु।





प्रतिक्रिया दिनुहोस्