• २६ बैशाख २०८२, शुक्रबार

महिला उद्यमी नुवाकोटको अध्यक्षमा धनकुमारी रिजाल चयन

काठमाडौं

महिला उद्यमी नुवाकोटको अध्यक्षमा धनकुमारी रिजाल चयन भएका छन् । महासङ्घको १५ औं जिल्ला अधिवेशनपछिबाट रिजालअध्यक्षमा चयन भएका हुन् । उनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तुमाया तामाङ, उपाध्यक्षमा सम्झना पन्त, महासचिवमा रजनी थापामगर र कोषाध्यक्षमा रेखा तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरूमा कोपिला श्रेष्ठ, सबिना ढुंगाना, गीता पुडासैनी, उषा किरण अर्याल, शोभा श्रेष्ठ र अस्मिता खड्का रहेका छन् ।


नवनिर्वाचित अध्यक्ष रिजालले जिल्लामा महिला उद्यमशीलताको क्षेत्रमा थप कार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् । उनले महिला उद्यमशीलताको सशक्तिकरणमा एकजुट भई अगाडि बढ्न आह्वान गरेकी थिईन् ।

बागमती प्रदेश महिला उद्यमी समितिकी उपाध्यक्ष शा प्रधान, प्रदेश सदस्य अनिला शाक्य, जिल्ला अध्यक्ष राजभण्डारी, वरिष्ठ उपाध्यक्ष लक्ष्मी प्रधान र अपाङ्ग उद्यमशीलता तथा सीप विकासका सचिव रुप थापाको उपस्थिति रहेको अधिवेशन कार्यक्रममा महिला उद्यमशीलता प्रवर्द्धन तथा सशक्तिकरणमा केन्द्रीत विभिन्न विषयमा जानकारी तथा छलफल गरिएको थियो





प्रतिक्रिया दिनुहोस्