• २५ माघ २०८२, शनिबार

इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते

काठमाडौं

इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ ।


बीबीसी फारसी सेवाले विस्फोटमा करिब ३०० जना घाइते भएको उल्लेख गरेको छ ।शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो ।

बन्दरगाहका अधिकारीहरूले कन्टेनरहरू विस्फोट भएपछि ठुलो आगलागी भएको बताएका छन्।यद्यपि, आगलागीको कारण अझै पत्ता लागेको छैन।





प्रतिक्रिया दिनुहोस्