• २५ बैशाख २०८२, बिहीबार

त्रिशूली नदीमा डुबेर किस्पाङका एक युवकको मृत्यु


नुवाकोट-

त्रिशूली नदीमा डुबेर नुवाकोटको किस्पाङका एक जना युवकको ज्यान गएको छ।

साथीहरूसँग माछा मार्न गएका बेला नुवाकोटको विदुर नगरपालिका-९, बिजुरास्थित त्रिशूली नदीमा डुबेर किस्पाङ गाउँपालिका-१ का २२ वर्षीय विजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

उनको शव प्रहरीको विपद् विशेष टोलीले डुबिरहेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए। त्रिशूली नदीमा शुक्रवार डुबेका युवक विकको शव शनिवार बेलुकी निकालिएको हो।

शव पोस्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।





प्रतिक्रिया दिनुहोस्