• २६ बैशाख २०८२, शुक्रबार

३० किलो गाजासहित महिला पक्राउ

मकवानपुरगढी, वैशाख २२ गते । मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

९आज० सोमबार बिहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागुऔषध गाजा ओसारप्रसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा।प्र। ०३–०१ ज। ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाजा बरामद गरेको हो । 

उहाँले गाडीको छतमाथि राखिएको जेब्रा झोलाभित्र लुकाईछिपाई राखिएको तीन वटा पोकामा ३० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्