• २८ माघ २०८२, मंगलवार

केन्टन कूल अर्थात् ‘बेलायती’ शेर्पा


हिमाल भन्ने बित्तिकै शेर्पाको नाम आउँछ। कुनै पनि कीर्तिमानमा उनीहरूकै नाम जोडिन्छ। उनीहरूको प्रतिस्पर्धा अरूसँग हुँदैनन्। बरु स्वयं आफैँसँग हुन्छ। उदाहरणका लागि नेपाली शेर्पा कामी रिताले हालसम्म ३० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका छन् र अहिले फेरि नयाँ कीर्तिमान बनाउने प्रयासमा छन्।

यस्तोमा अरूले प्रतिस्पर्धा गर्ने भनेको शेर्पा बाहिरबाट हो। त्यसैले एक ब्रिटिस नागरिकले कीर्तिमान बनाएका छन्। ब्रिटिस पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औँ पटक सफल आरोहण गरेका छन्, जुन गैर–शेर्पा व्यक्तिको रूपमा सगरमाथा आरोहणको नयाँ कीर्तिमान हो।

५१ वर्षीय कूल नेपाली शेर्पा दोर्जी ग्याल्जेनसँगै आइतबार बिहान ११ः०० बजे ९स्थानीय समय० सगरमाथाको ८,८४९ मिटर ९२९,००० फिट० अग्लो शिखरमा पुगेका थिए। कूलले पहिलो पटक सन् २००४ मा सगरमाथा चढेका थिए र त्यसयता लगभग हरेक वर्ष शिखरमा पुगेका छन्।

उनका साथी दोर्जी ग्याल्जेनले भने सगरमाथाको २३ औँ पटक आरोहण गरेका छन्।

सन् २०२२ मा आफ्नो १६ औँ सगरमाथा आरोहणपछि, कूलले आफ्नो कीर्तिमानलाई खासै महत्त्व नदिएको देखिएका थिए। किनकि उनलाई थाहा थियो उनीभन्दा निकै अगाडि थुप्रै शेर्पा छन्। तर उनले आफ्नो आरोहणलाई निरन्तरता दिए। र गैर–शेर्पा व्यक्तिको रूपमा सगरमाथा आरोहणको नयाँ कीर्तिमान कायम गरे।





प्रतिक्रिया दिनुहोस्