• ५ बैशाख २०८३, शनिबार

ढुङ्गेमा ग्यास लिक भएर आगलागी, १० लाख बराबरको क्षती

नुवाकोट, साउन ७ –

बिदुर नगरपालिका–१ ढुङ्गेमा रहेको श्रेष्ठ होटलमा आज बिहान ग्यास लिक भएर आगलागी भएको छ। बिहान करिब ७:५० बजे खाजा पकाउने क्रममा भान्सा कोठाबाट सुरु भएको आगोले होटलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् भने घरको केही भागमा आंशिक क्षति पुगेको छ।

स्थानीयवासी, प्रहरी र बिदुर नगरपालिकाको दमकलको सहयोगमा आगो करिब ८:०५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्राप्त जानकारीअनुसार आगलागीबाट दुईवटा फ्रिज, फर्निचर, पंखा, झ्याल–ढोका, रक्सी, कोल्ड ड्रिंक, जस्तापाता लगायतका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ





प्रतिक्रिया दिनुहोस्