काठमाडौं । नुवाकोट सेवा समाज कतारले आयोजना गरेको तीज विशेष समारोह तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बाग्मती प्रदेशकी पूर्व उपसभामुख तथा प्रदेशसभा सदस्य राधिका तामाङ उपस्थित थिइन्।
यससँगै, नेपाल प्रवासी तामाङ समाज कतार र बाग्मती प्रदेश समन्वय परिषद कतारको संयुक्त आयोजनामा सम्मान तथा रात्रीभोज कार्यक्रम पनि सम्पन्न भएको छ। उक्त अवसरमा विभिन्न संघसंस्था, समाजसेवी तथा प्रवासी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकहरूले जनाएका छन्।
यस्तै, शनिबार नेपाली जनप्रगतिशील मञ्च कतार र तामाङ घेदुङ कतारले आयोजना गर्ने अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा समेत सांसद तामाङको सहभागिता रहने कार्यक्रम तय भएको छ।
साउन २८ गते कतार पुगेकी सांसद तामाङले निर्धारित सम्पूर्ण कार्यक्रम सम्पन्न गरी भदौ १ गते बिहान १० बजे काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।