नुवाकोट । नुवाकोट जेसिजको ११ औँ साधारण सभा तथा १० औँ अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले जेसी विनोद लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको हो।

निर्वाचित कार्यसमिति अन्तर्गत जेसी अरुणराज पाठक निवर्तमान अध्यक्ष रहेका छन् भने जेसी जिवन तामाङ र जेसी प्रल्हाद पौडेल कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी जेसी सनिस अधिकारी महासचिव, जेसी किशोर अर्याल कोषाध्यक्ष तथा जेसी सुमन भण्डारी कानुनी सल्लाहकारमा चयन भएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा जेसी अस्मिता खनाल, जेसी विविना लामिछाने, जेसी गोविन्दराज कट्टेल र जेसी सम्पूर्ण लामिछाने निर्वाचित भएका छन्।
अधिवेशनले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै संगठनको आगामी कार्यदिशा तय गरेको छ। नवनिर्वाचित कार्यसमितिले युवा नेतृत्व विकास, व्यक्तित्व तथा क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।