• ८ भाद्र २०८३, सोमबार

बागमतीमा राप्रपाको दोहोरो ह्विप, सांसद अन्योलमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप चर्किएको छ। मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभामा लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले आफ्ना सांसदलाई विपरीत निर्देशनसहित ह्विप जारी गरेका छन्।

प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन् भने डम्बर तामाङको नामबाट जारी अर्को ह्विपमा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

एउटै दलबाट पक्ष र विपक्षमा दुईथरी ह्विप जारी भएपछि राप्रपाका १२ प्रदेशसभा सदस्यको भूमिकालाई लिएर अन्योल बढेको छ। यसले मुख्यमन्त्री थापाले विश्वासको मत पाउने–नपाउने समीकरणलाई समेत थप पेचिलो बनाएको छ।




प्रतिक्रिया दिनुहोस्