• २५ भाद्र २०८१, मंगलवार

क्रिटिकल कोभिडका कारण पोखरामा एक महिलाको मृत्यु

क्रिटिकल कोभिडका कारण पोखरामा एक महिलाको मृत्यु

 पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् ।७ गते उनी र एक नर्सको रिपोर्ट पोजेटिभ आयो । संक्रमण पुष्टि भएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा सारियो ।उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्युको कारण क्रिटिकल कोभिड नै भएको उपचारमा संलग्न डा. अर्जुन अधिकारीले बताए ।

अन्य केसभन्दा यो अलि फरक छ । उनको मृत्यु क्रिटिकल कोभिडकै कारण भएको देखिन्छ,’ प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले भने, ‘विश्व स्वास्थ्य संगठनका प्रतिनिधि पनि आउनुभएको छ । यसको अध्ययन भइरहेको छ ।कास्की सेवामा आईसीयूमा राखेर उपचार हुँदै गर्दा स्वास्थ्य बिग्रदो अवस्थामा गएको र परीक्षणपछि कोरोना संक्रमण देखिएको हस्पिटलका निर्देशक डा.पदम खड्काले बताए । ‘उहाँमा दीर्घ रोग थिएन । श्वासप्रश्वास र ज्वरोको समस्याले पछिल्लो समय औषधि खाएको देखिएको छ,’ डा. खड्काले भने ।गण्डकी प्रदेशमा यसअघि मृत्यु भएका संक्रमित दीर्घ रोगी थिए । तर उनी दीर्घ रोगी नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक आचार्यले पनि बताए ।पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीका अनुसार उनी ८/१० वर्षदेखि पोखरा–१२ को चापापानीमा बस्दै आएकी थिइन् । दीर्घ रोग नभए पनि पछिल्लो समय बिरामी भएर अस्पताल गइरहनुपर्ने समस्या थाहा पाएको कार्कीले बताए ।उनको पोखरा–३२ मा शव व्यवस्थापन गर्ने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्