• २५ माघ २०७९, बुधबार

शिवपुरी गाँउपालीका कर्मचारी सहित ७ जनामा कोरोना संक्रमण पुष्टी

 नुवाकोटको शिवपुरी गाँउपालीका का कर्मचारी सहित एकैपटक ७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । भाद्र ८ गते गाँउपालीका पसल व्यवसाय गर्नेहरु, गाडी ड्राइभरहरु र गाँउपालीकाका कर्मचारी सहितलाई ६७ जनाको कोरोना परिक्षण गरिएको थियो । जस अनुसार गाँउपालीकाको वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जना र गाँउपालीकाको एक जना कर्मचारीमा कोरोना संक्रमीत भेटीएको छ ।कोरोना संक्रमीत ७ जनालाई एम्बुलेन्स मार्फत गाँउपालीका ल्याउने कार्य भइरहेको र सबै जम्म भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा पठाइने शिवपुरी गाँउपालीकाको अध्यक्ष रामकृष्ण थापाले बताए । 
गाँउपालीका भित्र एकैपटक यतिको संख्यामा कोरोना संक्रमीत भेटीएपछि गाँउपालीकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले गाँउपालीकाको सबै प्रवेश नाकामा सिल्ड गरिएको छ । तर छहरे टोखा सडक खण्ड अन्तर्गत चल्ने अत्यावश्यक सवारी साधनहरु भने शिवपुरीमा नरोक्ने सर्तमा प्रवेश दिने अध्यक्ष थापाले बताए । समुदाय स्तरमा कोरोनाको संक्रमणको बारेमा जानकारी लिन गाँउपालीकाले भाद्र १० गते नुवाकोट प्रवशेनाका गुर्जेका नेपाली सेना, नेपाल प्रहरी र केहि होटल व्यवसायीहरु सहित ३३ जनाको समेत कोरोना परिक्षण गरिएको छ त्यसको रिपोर्ट पनि एक दुई दिनमा आइसक्ने अध्यक्ष थापाले जानकारी दिए । 





प्रतिक्रिया दिनुहोस्