• १८ माघ २०७९, बुधबार

पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरसका संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै, पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२, कपिलवस्तुका २१, मोरङ र कैलालीका २०÷२० जना, नवलपरासीका १८, नवलपुर र बैतडीका १७÷१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोट, सिराहा र महोत्तरीका ७÷७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६÷६ जना, सिन्धुली र जाजरकोटका ५÷५ जना, प्युठान र संखुवासभाका ४÷४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३÷३ जना, दोलखा, कास्की र दाङका २÷२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका १÷१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्