• १८ माघ २०७९, बुधबार

आज एकैदिन सात जनामा कोरोना सक्रमित थपिएसगै शिवपुरी गाउँपालिकामा निषेधाज्ञा जारी

नुवाकोटको शिवपुरी गाउँपालिकामा आज एकैदिन सात जनामा कोरोना रोगको सक्रमित थपिए गाउँपालिकाभर नै निषेधाज्ञा लगाइएको छ । साुमदायसम्म देखिएको संक्रमण थप फैलिन नदिनका लागि गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन आजसाँझ ६ बजेदेखि सात दिनको लागी प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले निषेधाज्ञा लगाएको सूचना जारी गर्नुभएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा अबको सातदिनसम्म औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाइने भएको छ । यसैगरी, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल र औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न पाइने र त्यसको लागी बिहान ६ देखि १० बजेसम्म मात्र चलाउन पाइने समयसीमा तोकिएको छ यसैगरी, धार्मिक, सांस्कृतिक, सामाजिक लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न नपाइने निषेधाज्ञामा भनिएको छ ।अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी निजी तथा गैरसरकारी क्षैत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुँदै आएका नियमित सेवा सञ्चालन गर्न ।च) उक्त गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नाकाहरुबाट पैदल समेत आउजाउ गर्न पूर्ण रुपमा रोक लगाइएको छ । शिवपुरी गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा अवधिभर एम्बुलेन्स र शव वाहन बाहेकका सम्पूर्ण सवारी साधनलाई शिवपुरी गाउँपालिकाका विभिन्न नाकाहरु हुँदै जिल्लामा आवातजावत गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज गरिएको र बेलकोटगढी नगरपालिका वडा नं ५ स्थित कोल्पुटार नाकाबाट मात्र नुवाकोट प्रवेश गर्ने व्यवस्था मिलाइएको निषेधाज्ञामा भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्