• २५ माघ २०७९, बुधबार

उपत्यकामा आज ३७७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज ३७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । उहाँका अनुसार आज काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ कोरोना संक्रमित देखिएका हुन् । हिजो काठमाडौंमा २३० जना, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी उपत्यकामा ३०१ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी २३२ कोरोना संक्रमित देखिएका थिए । दिनानुदिन उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उच्च स्बास्थ्य सतर्कता अपनाउन बिज्ञहरुले सुझाब दिदै आईरहेका छन्





प्रतिक्रिया दिनुहोस्