नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ३६ हजार ४ सय ५६ संक्रमितको संख्या पुगेको जनाए । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ सय ६९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार २४२ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ६ लाख ५८ हजार ११० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार २ सय २९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९ सय ३९ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमिको संख्या १६ हजार १९ जना रहेको छ ।