• ६ बैशाख २०८१, बिहीबार

आज नुवाकोट मा तीन जनालाई कोरोना रोगको सक्रमण

नुवाकोट घर भएका तीन जनालाई आज कोरोना रोगको सक्रमण देखिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ घिमिरेथोक र पञ्चकन्या गाउँपालिका घर घएका एक–एक जना पुरुष र नुवाकोट घरभएपनि स्थानीय ठेगाना खुल्न बाँकी रहेको र हाल काठमाडौमै बस्दै आएको एक महिलालाई कोरोना रोगको सक्रमण देखिएको हो ।

बेलकोटगढी नगरपालिका वडा नं ६ घिमिरेथोकका ४३ वर्षका व्यक्ति यही भदौ ४ गते यहाँ आएपछि उहाँको काठमाडौमा बस्दै आएको श्रीमतिलाई सक्रमण देखिएसगैँ घरको एकान्तबासमा बस्दै आउनुभएको थियो । उहाँको बेलकोटगढी नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब लिएर जाँच गर्न पठाएको परीक्षणको आज आएको नतिजामा कोरोना रोगको सक्रमण देखिएको हो । उहाँलाई चिकित्सको निगरानीको लागी त्रिशूली अस्पतालमा ल्याइएको छ भने श्रीमति र दुई छोराहरु काठमाडौमा कोरोना सक्रमित भएर आइशोलेसनमा उपचाररत रहेका छन्

यसैगरी पञ्चकन्या गाउँपालिका घर भएका ३० वर्षका पुरुष काठमाडौमा सरकारी जागिरेको रुपमा रहेको र उतै नमूना जाँच गर्न दिएको हिजो मात्रै घरमा आएपछि कोरोना रोगको सक्रमण देखिएको नतिजा आएको थियो । उहाँलाई गएराती नै त्रिशूलीको आइशोलेसनमा ल्याइएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभएको छ । अर्को एक महिलाको उमेर ४५ वर्ष रहेको र ठेगाना नुवाकोट भनेपनि स्थानीयतह खुल्न बाँकी रहेको छ । उहाँ अहिले काठमाडमा नै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नुवाकोटमा आज एकैदिन तीन जना थप भएसगैँ कुल सक्रमतिको सङ्ख्या ८९ पुगेको छ । त्यसमध्ये ६९ जना उपचार पछि घर फर्किएका छन भने त्रिशूली अस्पतालमा १३ जना र काठमाडौमा ७ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्