• २५ माघ २०७९, बुधबार

कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा थप ३ वटा अस्पताल

स्वास्थ्य मन्त्रालयले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ । पर्साको वीरगन्जमा रहेको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा तोकिएको हो । यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । मन्त्रालयले केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एक हजार ९५७ बेड तथा स्थानीयतहमा हरेकमा पाच बेडको अस्पतालको दरले ३ हजार ४५ बेड थप गरिएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्