• २३ आश्विन २०८१, बुधबार

गेर्खु बेत्रावती सडक खण्डका जग्गा धनिहरुले मुअव्जा पाउने

गेर्खु बेत्रावती सडक खण्डका जग्गा धनिहरुले मुअव्जा पाउने

प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडाले शुक्रवार पत्रकारहरुसगं गरिएको छलफलमा गल्छि त्रिशुली मैलुंग स्याफ्रुबेशी रसुवागढी सडक आयोजना अन्र्तगत गेर्खु बेत्रावती सडकको खण्डमा रहेका जग्गा धनिहरुलाई तत्कालै मुअव्जा वितरण गर्न सम्मानित सर्वोच्च अदालतले आदेश दिइसकेको वारेमा उहाँले जानकारी दिनुभएको छ ।
सांसद खतिवडा भन्नु हुन्छ “स्थानिय सरकार, प्रदेश सरकार, संघीय सरकार र आयोजना कार्यालय तथा जिल्ला प्रशासान कार्यालय नुवाकोटको पहलमा प्रभावित जग्गा धनिहरुको गुनासोलाई सरकार मार्फत पुराउने काम गरिएका थियौ । नुवाकोटे नागरिक र यहाँका प्रभावित जग्गा धनिहरुलाई चाडोभन्दा चाडो मुअव्जाको प्रक्रिया अगाडी बढाउन पटक, पटकको आग्र्रहलाई नेपाल सरकार मार्फत अनुरोध गरेका थियौ” उहाँले बताउनु भयो ।
सांसद खतिवडाका अनुसार सोही अनुरोधलाई हाल आएर सर्वोच्च अदालतले सम्वोधन गर्दे आईरहेको हुदाँ जग्गा धनिहरुलाई मुहव्जा दिनका लागि प्रतिनिधित्व गर्ने सबै निकायहरु ढिलैभइता पनि सफलता हासिल गर्न सफल भईएको उहाँले बताउनु भयो । सांसद खतिवडाले यहि सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव स्तिरिय बैठक बसी सर्वोच्च अदालतको आदेशलाई पालना गर्दे गेर्खु बेत्रावती सडक खण्डका परेको जग्गा धनिहरुलाई जिल्ला स्तरीय मुअव्जा निर्धारण समितिले तोकेको दरमा मुअव्जा उपलब्ध गराउनका लागि निर्णय गरिएको उहाँले बताउनु भएको हो ।
बागमति नेकपा संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेले जनतामुखि विकास गराउन र जनताले पाउने मुअव्जाको बिषयमा संघीय सरकार, प्रदेश सरकार, स्थानिय सरकार, आयोजाना र प्रशासनको मुख्य कर्तव्य रहेको थियो । पाण्डेले “बारम्वार हामीले ढगंढकाइ्एका नेपाल सरकार र सर्वेच्च अदालतका ढोकाले न्याय दिएको छ । गेर्खु बेत्रावती सडकमा परेको जग्गा धनिहरुको मुअव्जा प्राप्त हुने निर्णय भएर आउदा जनताको मुहारमा एकपटक फेरि खुशीको मुस्कान देख्न पाएकोमा हामीसबै हर्सित छौ” उहाँल्े बताउनु भयो । उहाँले जनतालाई पिडामा राखि गरिएका कुनैपनि विकास निर्माणका कामले प्रगतिमा छलाङ् त देलान् तर जनता खुशी अवस्यपनि हुदैन थिए । आज जनताकै लागि जनताको मर्मलाई बुझंदै मुअव्जा वितरणका निर्णय हुनु एकदमै सहि निर्णय भएको दावी गरेका छन् ।
त्यस्तै, बागमति प्रदेश सदस्य एवं नेकपा जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले जनताको हक, अधिकारका लागि सदासदैव जनताप्रति उत्तरदायी वनि काम गर्ने गरेको बताउनु भयो । धेरै समयदेखिको मुअव्जाको विवादलाई सुल्जाउने उदेश्यले गेर्खु बेत्रावती सडक खण्डवाट वितरण सुरुहुन लागेको मुअव्जाले सम्बन्धित जग्गाधनिहरुलाई राहतको काम भएको बताउनु भयो । यो संगै विवादमा रहेको पिपलटार देखि ढुङ्गे सडकमा पर्ने जग्गाधनिहरुको समस्यालाई पनि अल गर्ने उदेश्यले तीनैतहो सरका र सर्वोच्च सम्मलाई अनुरोध गर्दे जनतालाई मुअव्जाको लागि चाढै निर्णय गरोस भनेर आग्रह गरिएको उहाँले बताउनु भयो ।
छलफलमा नेकपाका नेता बुद्धी प्रधान,विदुर नगरपालिका कार्यालयका प्रमुख सन्जु पण्डित, उपमेयर गिता कुमारी दाहाल, नेकपाका नेता रामशरण प्याकुरेल, नेतृ बिन्दा ढुङ्गाना, सुभद्रा नेपाल, नगर कमिटि अध्यक्ष राजकुमार श्रेष्ठ, उद्धव पनेरु, राजकुमार अर्याल पुत्ला, बिध्याथि नेता ओमकुमार श्रेष्ठ, राजेन्द्र पनेरु, प्रदिप कुमार भट्ट लगाएतको उपस्थितिमा छलफल सम्पन्न भएको थियो ।





प्रतिक्रिया दिनुहोस्