• २१ माघ २०७९, शनिबार

धादिङ जिल्लामा आज एकैदिन समुदायस्तरमा नौ जना कोरोनाको नयाँ संक्रमित थपिए

धादिङ जिल्लामा आज एकैदिन समुदायस्तरमा नौ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । हिजो १६ जना संक्रमित थपिएसगैँ कोरोनाको त्रास बढेको धादिङम आज घरबाट कहीकतै नगएको थप नौ जनामा कोरोना रोगको सक्रमण देखिएको हो । आज थपिएका कोरोना संक्रमित हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका निवासी आठ जना र बेनिघाट–रोराङ गाउँपालिकाको एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सक्रमति देखिएका त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १८ देखि ३६ वर्ष उमेर समूहका दुई जना महिला र पाँच जना पुरुष रहेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. २ स्थित आज कोरोना देखिएको वस्तीमा हिजो शुक्रबार पनि दश जनालाई कोरोना संक्रमण देखिएको थियो । आज नौ जना सक्रमित थपएसगैँ धादिङ जिल्लामा अहिलेसम्म कुल सक्रमितको सङ्ख्या २११ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रमण देखिएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्