• १८ फाल्गुन २०८०, शुक्रबार

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना नतिजा नेगेटिभ

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना नतिजा नेगेटिभ

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पीसीआर परीक्षण गरिएको थियो ।उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सीसीएमसीको बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुको हिजो बेलुका परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो । 

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गएको बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै जना आइसोलेशनमा बस्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्