• ६ चैत्र २०८१, बिहीबार

कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा चार जना ज्यान को गयो

तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । आइतबार बिहान साढे ७ बजेतिर गएको पहिरोमा पुरिएरका नाग्म बजारका चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा ज्यान गुमाउनेमा नाग्म बजारमा व्यापार व्यवसाय गर्ने ४० वर्षीय परेक शाही, उहाँका पाँच वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल र सात वर्षीया छोरी हिमा रहेका छन् उहाँकी श्रीमती पुन्या शाही र स्थानीय अर्जुन हमालको उद्धार गरी उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । पहिरोमा तीन जना अझै बेपत्ता छन् । मनवीर कटुवाल, आइती खड्का र उहाँको मासु पसलमा काम गर्ने एक जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् । पहिरोमा चार घर पुरिएको डीएसपी ओलीयाले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्