• ६ चैत्र २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा उपत्यकामा चार सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाण्डौका तीन सय ७२ ललितपुर १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकासहित देशैभर १२ सय २१ कोरोनाका सङ्क्रमित थपिएका छन् । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएको बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।





प्रतिक्रिया दिनुहोस्