• २९ माघ २०८१, मंगलवार

कोरोना रोगको सक्रमण देखिए नुवाकोट का दुई महिला सम्पर्क बिहिन

नुवाकोट घर भएका दुई महिलालाई कोरोना रोगको सक्रमण देखिएसगैँ उनीहरु सम्पर्क बिहिन भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार काठमाडौमा जाँच पिसिआर जाँच गराएका ४५ वर्षका नरमायाँ घले र १४ वर्षका सरस्वती घले नाम गरेका व्यक्तिहरु सम्पर्क बिहिनी भएका छन् । उनीहरुले काठमाडौमा स्वाबको नमूना जाँच गराएको र त्यस क्रममा घर नुवाकोटको वडा नं.३ भनेपनि त्यस ठेगाना नुवाकोटमा कहाँ भन्ने पत्ता लगाउन कठिन हुदाँ सक्रमित सम्पर्क भन्दा बाहिर नै भएकाले खोजी थालिएको छ । नमूना दिदाँ रोखेको फोन नं पनि गलत भएको र एकीन ठेगाना प्रष्ट नखुलेकाले ४५ वर्षका नरमायाँ घले र १४ वर्षका सरस्वती घलेलाई सक्रमण देखाएकाले सम्पर्कमा आउन तथा कोही कसैलाई थाहाँ भएमा सूचना दिन स्वास्थ्य कार्यालयले अपिल गरेको हो ।





प्रतिक्रिया दिनुहोस्