• २२ भाद्र २०८१, शनिबार

घ्याङफेदीको नेगी बस्तीमाथी रहेको ठूलो ढुङ्गा बाट जोखिम देखिए सगै बस्ती स्थान्तरण सुरु

दुप्चेश्वर गाउँपालिकाको वडा नं. १ घ्याङफेदीको नेगी गाउँमा बस्तीमाथी रहेको ठूलो ढुङ्गाले बस्ती जोखिम पुराएसगैँ त्यसलाई हटाउदाँ क्षति पुग्ने भएकाले आजदेखि बस्ती स्थान्तरण थालिएको छ । आज जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नेगी गाँउका ३५ घरधुरी मध्ये २८ परिवारलाई जोखिम बनाएको स्थानबाट दाँया बाया सुरक्षित रहेको स्थानमा स्थान्तरणको लागी टेन्ट उपलब्ध गराइएको छ ।

संघीय सांसद् हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, जिल्ला प्रशासन कार्यालय नुवाकोटका दयाराम पौडेल सहितको टोलीले नेगीमा पुराएको टेन्ट गाउँपालिकाले जोखिम परिवारलाई उपलब्ध गराएको हो । गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, वडा नं.१ का वडाध्यक्ष सुनबहादुर तामाङले जोखिममा रहेका पीडित परिवारालाई सुरक्षित स्थानमा बसोबास गर्नको लागी टेन्ट हालेर बस्न आग्रह गर्नुभएको छ । नेगी गाँउको बस्ती माथी रहेको ढुङ्गाले बस्ती जोखिममा पुराएको र त्यसलाई विस्फोटन गराउदाँ थप घरमा क्षति पुग्ने र खोला समेत थुनिन पुग्नेसक्ने भएको सुरक्षित स्थानमा बसिदिनको लागी आग्रह गरिएको छ । जोखिम बस्थीका बासिन्दाले सुरक्षित स्थानमा बाँस्था स्थान बनाएसगैँ आवश्यक पर्ने खानेपानी, विद्युत, शौचालय, आउजाउ गर्न सहज बाटो लगायतको बन्दो बस्ती गाउँपालिकासंग सहकार्य गरेर मिलाउन थालिएको वडा नं. १ का वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिनुभएको छ ।

पाँच वर्ष अघि गएको भूकम्पको समयमा हल्लिएर मानव वस्तीतिर बग्न लागेको ढुङ्गा यसवर्ष निरन्तरको वर्षाको कारण बग्न लागेको देखेपछि गएको साता गाउँपालिकालाई जानकारी गराएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सक्रियता तथा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको निरन्तरको सक्रियताले जोखिम ढुङ्गालाई तत्कालै हटाउन नेपाली सेना मार्फत विस्फोटन गराउने कार्ययोजना अघि सारिएको छ । ढुङ्गा फुटाउदाँ जोखिम बन्ने पुग्ने घरधुरी तथा क्षति पुगेका घरधुरीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत नयाँ आवास निर्माणको लागी लाभग्राही कायम गराई घर बनाउन अनुदान उपलब्ध गराउन आवश्यक प्रक्रिया समेत मिलाउन थालिएको छ





प्रतिक्रिया दिनुहोस्