• ९ माघ २०८१, बुधबार

सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखुल्ने

सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखुल्ने

सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि यातायात र शिक्षण संस्था नखोल्ने निर्णय सरकारले गरेको हो।
मन्त्रीपरिषद्को बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले लागू गरिएका निर्णयलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ।





प्रतिक्रिया दिनुहोस्