• ४ चैत्र २०८१, मंगलवार

काठमाडौं महानगरपालिकाका मेयरमा कोरोना भारइस पुष्टि

काठमाडौं महानगरपालिकाका मेयरमा कोरोना भारइस पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।’म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले भने।उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए।

‘लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु,’ उनले भने।श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौं। त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं। आज भने अस्पतालले मेरो पोजेटिभ देखियो भनेर खबर गर्यो,’ उनले भने।मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए। ‘लक्षण केही देखिएको थिएन। त्यहीँ अलिक अगाडि थकान महशुस भएको थियो,’ उनले भने।





प्रतिक्रिया दिनुहोस्