भारत सरकारले पूर्वी लद्दाखमा चिनियाँ सैनिकले सीमाका विषयमा भएको दुई देशबीचको सहमति उल्लंघन गरेको बताएको छ । भारत सरकारले सोमबार एक बयान जारी गर्दै चिनियाँ सैनिकहरुले उक्साउ कदम उठाउँदै सीमामा यथास्थिति बदल्न गरेको प्रयासलाई भारतीय सैनिकले रोकेको जनाएको छ । भारतीय सेनाको बयान ‘पीआईबी’ का तर्फबाट जारी गरिएको छ । भारतीय सैनिकहरुले पंन्गोङ त्सो तालमा चिनियाँ सैनिकहरुको उक्साउ कदमलाई रोकेको छ । भारतीय सेना संवादका माध्यमबाट शान्ति बहालीको पक्षधर हो ।
तर, यसका साथसाथै आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । पूरै विवाद समाधानका लागि ब्रिगेड कमान्डर स्तरमा बैठक जारी छ । भारतीय सेनाका अनुसार यो झडप २९(३० अगस्तको रातमा भएको हो । भारतीय सेनाले चिनियाँ पिपल्स लिबरेसन आर्मी ९पीएलए० ले सीमामा यथास्थिति बदल्ने कोसिस गरेको तर सतर्क भारतीय सैनिकहरुले त्यसलाई रोकेको जनाएको छ । यस विषयमा चीनका तर्फबाट कुनै बयान जारी भएको छैन । भारत(चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ । दुवै देश सीमाको वर्तमान स्थितिमा सहमत छैनन् । सीमाकै विषयलाई लिएर चीन र भारतबीच १९६२ मा युद्ध पनि भएको थियो । यसअघि लद्दाखको गलवान घाटीमा गत जुन १५ मा दुवै देशका सेनाबीच हिंस्रक झडप झडप भएको थियो । झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । (बीबीसी