• २५ माघ २०७९, बुधबार

भतिजिलाइ जबरर्जस्ती गर्न खोज्ने काका विरुद्ध मुद्दा दर्ता

भतिजिलाइ जबरर्जस्ती गर्न खोज्ने काका विरुद्ध मुद्दा दर्ता

प्रहरी कार्यालय नुवाकोटले आज आफ्नै भतिजीलाई जबरर्जस्ती गर्न खोज्ने काका बिरुद्ध करणी कसुर सम्बन्धी मुद्दा दर्ता गरेको छ ।जिल्लाको लिखु गाउँपालिका ५ स्थित कालिमाटी धारामा बस्ने १४ बर्षीयालाई सोही स्थानका ४५ बर्षीय सहोदर आफनै काकाले बालिका लुगा धोईरहेको अवस्थामा अचानक पछाडीवाट आई जवरर्जस्ती गर्न खोज्ने काका विरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेको छ । पिडित बालिकालाई निजको काकाले लछारपछार गरी कपडा खोल्न लागेको अवस्थामा बालिका भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनु भएको हो ।

प्र ना उ थापाका अनुसार पिडित बालिका भागेर आफुसंग भएको सबै घटना आफ्नो अभिभावकलाई भनेपछि परिवारले तत्कालै प्रहरीलाई खवर गरेको उहाँले बताउनु भयो । घटनाको खवर पाएपछि तत्काल जिल्लावाट खटिएको प्रहरीको टोलीले खोज तलास गर्दा आफनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत नुवाकोटमा पेश गरी जबरजस्ती करणी उद्योगमा आज मुद्दा दर्ता गराएको बताउनु भयो । पाँच दिनको म्याद थप गरि घटनाको अनुसन्धान भईरहेको समेत उहाँले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्