• २२ भाद्र २०८१, शनिबार

२०७२ सालको भूकम्पयता बन्द रहेको जनमैत्री अस्पताल आजबाट सञ्चालनमा

डाक्टर तथा नर्सलाई पुष्पगुच्छाले स्वागत गर्दै वडा अध्यक्ष

राजधानीको बालाजु औधोगिक क्षेत्रसगै रहेको जनमैत्री अस्पताल आजबाट सञ्चालनमा आएको छ ।सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार १०० बेड क्षमतामा आजबाट सञ्चालनमा आएको हो ।२०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो । काठमाडौं महानगरपालिकाका वडा नम्बर-१६ का वडा अध्यक्षको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेकाे थियो ।जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई त्येस वडाका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरे । कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई दुर्व्यवहार भइरहेको घटना बाहिर आएको बेला स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाअध्यक्ष मुकुन्द रिजालले बताए ।

विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यका पनि प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको थियो । सोहीअनुसार वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्