• १८ माघ २०७९, बुधबार

नुवाकोटका एम्बुलेन्स भाडाका गाडी जस्तो पैसा लिदै दिनरात यात्रु ओसार्दै

स्वास्थ्य क्षेत्रमा बिरामीलाई अस्पतालसम्म पुर्याउन प्रयोग गरिने यातायातको साधन एम्बुलेन्स संवेदनशील साधन हो । लकडाउनको समयमा सार्वजनिक एवम् निजी सवारीसाधनहरु सडकमा चल्न पाउने अनुमति छैन् । अत्यावश्यक परेर चलाउनै परेपनि स्थानीय प्रशासनको अनुमतिको आवश्कता पर्दछ । तर, बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्सहरुलाई भने बिना रोकतोक चलाउनलाई अनुमति दिएको छ । एम्बुलेन्सले बिरामी छाडेर यात्रु बोक्न थालेको नुवाकोटमा जनगुनासो पाइएको छ । नुवाकोटका अधिकाम्स एम्बुलेन्समा सस्थाको अध्यक्ष एवं कार्यसमितिका पदाधिकारी आफै र चालक पनि आफै हुदाँ समस्या देखिएको छ । नाम नबताउने सर्तमा एक एम्बुलेन्स चालक भन्छन, सबै एम्बुलेन्सले डवल भाडा लिएर बिरामी यात्रुहरु बोक्ने गर्छन । म साहुको गाडी चलाउछु मलाई टिपको मलतव हुदैन । साहुले तलव दिन्छन तर धेरै गाडीको साहु र्नै ड्राइभर छन कमाउन मात्र खोज्छन ।

नुवाकोटबाट सञ्चालनमा रहेको मिननाथ तथा भगवती स्मृती प्रतिष्ठान र लोककुमारी भुजेल स्मृती सस्थाको उदारण पनि हेर्न सकिन्छ । मिननाथ भगवती स्मृती प्रतिष्ठानल यात्रु बोकेको प्रहरीले थाहा पाएपछी नुवाकोटको बिनपा ५ गंगटेबाट नियन्त्रणमा लिइ कारबाही गरी एक हजार जरिवाना समेत तिराइएको थियो । यस्तै मन्त्रालयको अनुगमन टोली आफै सडकमा खटिदा नुवाकोटबाट सञ्चालित एम्वुलेन्स लोककुमारी भुजेल स्मृती सस्था यात्रु बोकेर काठमाण्डौ जादै गर्दा नागढुङ्गा नाकाबाट रङगेहात पक्राउ परेका हुन । उनको भिडियो सामाजिक सञ्जालमा नै भाइरल भएको थियो । यसरी एम्बुलेन्स बिरामीले खोज्दा नपाउनु र यात्रु बोकेर रङगेहात पक्राउ पर्दा कारबाही नहुनु प्रशाशन सगकै मिलोमतो हुनसक्ने नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका मन्त्री हरी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो नुवाकोटका एम्बुलेन्सहरु भाडाका ट्याक्सी जस्तै भएका छन । महङगो भाडा लिएर हिड्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही गर्न आबश्यक छ ।





प्रतिक्रिया दिनुहोस्