• २५ माघ २०७९, बुधबार

फेरि प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलको मुल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमका प्रवक्ताका अनुसार मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो। 


भारतीय आयल कर्पोरेसनले १ सेप्टेम्बरमा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए। अब पेट्रोल १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए।यसअघि साउन ३२ गते डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको थियो।





प्रतिक्रिया दिनुहोस्