• २५ माघ २०७९, बुधबार

त्रिशुली अस्पतालमा ३ वटा भेन्टिलेटर सहित आईशियु कक्ष निर्माण ; साथै सबै पालिकामा १० बेडको आईसोलेसन बनाउनु पर्ने

त्रिशुली अस्पतालमा ३ वटा भेन्टिलेटर सहित आईशियु कक्ष निर्माण सुरु भएको छ ।कोरोनाको संक्रमण समुदायमा ठुलो संख्यामा देखिएसँगै संभाबित जोखिम न्युनिकरणको लागी आईशियु कक्ष निर्माण थालेको त्रिशुली अस्पताल बिकास समितिले जनाएको छ । यस्तै, जिल्लामा अहिले ६५ बेडको आईसोलेसन तयार भएको जिल्ला संकट ब्यबस्थगापन केन्द्रले जनाएको छ ।

खरानिटार अस्पतालमा १० बेड थप गर्ने, समुन्द्रटार स्वास्थ्य चौकिमा ८ बेडको होल्डिङसेन्टर निर्माण भैरहेको संकट ब्यबस्थापन केन्द्रले जनाएको छ ।सुर्यगढी गाँउपालिकामा १२ बेड र किस्पाङगाँउपालिकामा १० बेडको आईसोलेसन तयार भएको छ । अरु बाँकि सबै स्थानिय तहहरुले कम्तिमा १० बेडको आर्ईसोलेसन बनाउनु पर्ने संकट ब्यबस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।





प्रतिक्रिया दिनुहोस्