• २५ भाद्र २०८१, मंगलवार

नुवाकोट घर भएका दुई जनामा कोरोना रोगको सक्रमण

नुवाकोट घर भएका दुई जनामा कोरोना रोगको सक्रमण देखिएको छ । तादी गाउँपालिका वडा नं.३ घर भएर काठमाडौमै नेपाली सेनामा कार्यरत ३२ वर्षका पुरुष र अर्को एक व्यक्ति पुरुष भएपनि थप पहिचान खुल्न बाँकी भएको व्यक्तिमा कोरोना रोगको सक्रमण देखिएको हो । दुई जना सक्रमित मध्ये तादी गाउँपालिका वडा नं. ३ प्रभुडाँडा निवासी नेपाली सेनामा कार्यरत व्यक्ति भएर हाल काठमाडौकै अस्पतालमा रहेको र अर्को व्यक्ति कलकीमा बस्ने गरेको सूचना भएपनि थप विवरण खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पहिचान खुल्न बाँकी रहेको ती पुरुषको खोजी भैरहेको छ । आज नुवाकोट ठेगाना उल्लेख गरेका दुई व्यक्ति थप भएसगैँ नुवाकोटमा कुल सक्रमितको सङ्ख्या ९१ पुगेको छ । नुवाकोट नै घर भएर काठमाडौमा बसोबास गर्दै आएका व्यक्तिमा कोरोना देखिएको सङ्ख्या नुवाकोटमा देखिएको भन्दा दोब्बर बढी भएको अनुमान गरिएको छ ।
यसैबीच, कोरोना रोगको सक्रमण देखिएर सम्पर्कबिहिन भएका दुई महिला ४५ वर्षको नरमायाँ घले र १४ वर्षको सरस्वती घलेके नुवाकोटको लिखु गाउँपालिका निवासी भएको खुल्न आएकाले र हाल उनीहरु काठमाडौको एक अस्पतालमा नै रहेको भन्ने जानकारी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको अनुसार उनीहरु लिखु गाँउपालिका वडा नं ं२ निवासी भएको र स्पाइनल इन्ज्युरीको समस्या भएर उपचारको लागी काठमाडौमा नै भएको समयमा जाँच गराउदा कोरोना रोग पुष्टि भएको थियो ।उनीहरु सम्पर्ब बिहिन भएको भनेर खोजी भैरहेको समयमा काठमाडौ उनीहरु सम्पर्कमा आएको तर, खोजी भैरहेका व्यक्ति उनीहरु नै भएको भनेर एकीन पुष्टि भने हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्