• २२ भाद्र २०८१, शनिबार

नुवाकोटको विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा सरल बनाइयो

नुवाकोटको विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा सरल बनाइएको छ । जिल्लाभरको बजार तथा पसल क्षेत्र खुला गरिएको छ भने जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन पाइने भएको छ ।आज बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको निषेधाज्ञा आदेशमा बाहिरी जिल्ला जोड्ने नाकाबाट आउजाउ गर्न कडाई गरिएको छ भने जिल्ला भित्र बन्द रहेका सेवा भने आंशिक रुपमा खुला गरिएको छ । नुवाकोट प्रवेश गर्ने मुख्य नाकाहरु कोल्पुटार, पाचमाने, गुज्रे, कुमरी लगायतका स्थानमा निषेधाज्ञा यथावत राख्दै जिल्ला भित्र भने गएको साउन २५ गतेदेखि लगाइदै आएको निषेधाज्ञा आशिंक रुपमा हटेको जानकारी निषेधाज्ञामा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार भोलिदेखि जिल्लाका होटलले प्याकिङको खानाखाजा उपलब्ध गराउन पाउने छ भने अन्य बजार क्षेत्रहरु पनि पूर्ववत रुपमा सञ्चालनमा ल्याउन पाउने जानकारी दिनुभएको छ भोलिदेखि निषेधाज्ञा कायमै रहने सथनमा शिवपुरी गाउँपालिका पूरै, बेलकोटगढी नगरपालिकाको वडा नं २ को कुमरी नाका र वडा नं. ५ कोल्पुटार नाकामा आउजाउ गर्न नपाउने व्यावस्था कायम गरिएको छ । यस बाहेक जिल्लाभित्रका बजार क्षेत्र सामाजिक दुरी कायम गरेर चलाउने पाउने, गाडीहरु जोरबिरोध प्रणाली लागू गर्नें, बाहिर जिल्लाबाट आएका व्यक्तिलाई नाकाबाटै निगरानी गरेर क्वारेन्टिनमा राखेर जिल्लाभित्रको आन्तरिक रुपमा भने खुला गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभएको छ । स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा भने यसअघिको जस्तै अति आवश्यक बाहेकका सेवा मात्र तोकिएको समयको लागी सञ्चालन हुने र बाँकी सबै सेवा बन्द गर्ने निर्णय भएकाले त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराइने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रतिबद्धता जनाउनुभएको छ ।

निषेधाज्ञा कायमै रहेसम्म कोल्पुटार बाहेकको नाकाबाट एम्बुलेन्स र शवबाहन मात्र चल्न दिने भनिएको छ । कोल्पुटार नाकाबाट एम्बुलेन्स सहित बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन सहित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका गाडीहरु आउजाउ गर्न पाउने भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्