• १० बैशाख २०८२, बुधबार

भोलिदेखि नुवाकोटको बजार क्षेत्र खुल्ने भएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन नुवाकोट उद्योग बाणिज्य संघले सम्पूर्ण ब्यावासायीलाई आग्रह गरेको छ । संघ अध्यक्ष ताराबहादुर कार्कीले आज सूचना जारी गर्दै भोलिदेखि बजार क्षेत्र खुला गर्न पाएसगैँ भीड बढ्न नदिनको लागी सचेत रहनको लागी ब्यावसायीलाई सचेत गराइएको छ ।

बजार क्षेत्र सञ्चालन गर्दा सामाजिक दुरी कायम गरेर मात्र सेवा प्रवाह गर्ने व्यवसायमा डोरी टाँङने, रेखाङ्क समेत गर्न आग्रह गरिएको छ । यसैगरी, व्यवसाय क्षेत्रमा सावुनपानीले हात धुने व्यवस्थापन मिलाउने अथवा अनिवार्य रुपमा सेनिटाईजर प्रयोगको सुनिश्चितता गर्ने, माक्स, पंञ्जा, भाईजर जस्ता सुरक्षा सामाग्रिको प्रयोग गर्ने तथा सेवाग्राहि लाई समेत प्रयोग गर्न अनुरोध गर्नको लागी संघका अध्यक्ष ताराबहादुर कार्कीले निकालेको सुचनामा उल्लेख गरिएको छ । यसैगरी, नियमित रुपमा उद्योग व्यवसायलाई सेनिटाईज गर्ने, कामदार तथा कर्मचारीको सुरक्षा व्यवस्थाको सुनिश्चितता गदै अनिवार्य रुपमा कोरोना विमा गरिदिने, साँझ ७ बजे पछि सवै उद्योग व्यवसाय अनिवार्य रुपमा बन्द गर्ने र स्थानिय प्रशाशन द्धारा जारी गरीएको स्वास्थ्य मापदण्ड सम्वन्धि निति, नियम तथा निर्देशनको पालना गर्न पनि स्मरण गराइएको छ ।





प्रतिक्रिया दिनुहोस्