• २८ बैशाख २०८२, आईतवार

रसुवागढि नाकाबाट सामाग्री आयातमा कमि

पछिल्लो समय रसुवागढि नाकाबाट सामाग्री अायातमा कमि अाएकाे छ ।चिनले रसुवागढि नाकालाई अन्तरास्ट्रीय ब्यापारिक नाका घाेषणा गरे पनि ब्यापारिहरु पुरानाे काराेबार भैरहेकाे ताताेपानी नाकातिर लागे पछि रसुवागढिकाे बजार खुम्चिएको हो । हाल काेराेना भाइरसको प्रकोपका कारण सिमित सामाग्रीमात्रै अायात भैरहेकाे छ । बिगतमा हुने गरेकाे आयात समेत रोकिएकाे छ । रसुवागढि नाका काठमाण्डाैबाट निजक भएता पनि सडक मार्गकाे समस्या र अब्यबस्थित नाका कारण ब्यापारिहरु मर्कामा पर्दै अाएका थिए ।
रसुवाका नागरिकहरुले बाहिरी व्यावसायिहरुलाइ सामाग्री अायातमा सहयाेग नगनें, भाषाकाे समस्या लगायतका कारण खाधान्न सामाग्री तथा फलफूल अायातमा ताताेपानि नाका राेज्ने गरेकाे व्यावसायिकहरुकाे भनाइ छ । चिनियाँ स्याउकाे बजार नेपालमा राम्रो रहेकाे छ । तर रसुवागढि नाका मार्फत स्याउ भित्र्याउदा महँगो पर्ने हुँदा स्याउ ब्यापारिहरु ताताेपानि तिर लागेका छन् ।
रसुवागढि नाकाबाट भन्दा ताताेपानि नाकाबाट स्याउ अायात गर्दा सस्ताे पर्ने भएकाले ब्यापारिले ताताेपानि नाकाबाट स्याउ अायात बढाएका छन् ।
गत आर्थिक बर्ष २०७६÷७७ मा ९३ कराेड ९९ लाख ५७ हजार ७ सय ७३ रुपैयाँ मुल्य बराबरकाे स्याउ अायात भएकाे छ ।
नेपालि बजारमा चिनियाँ स्याउकाे माग बढ्दै गएकाले चिनबाट स्याउ अायात भने बढ्दै गएकाे रसुवागढि भन्सार प्रमुखले बताउनुभयाे ।भुकम्पपछि रसुवागढि नाका मात्र सञ्चालन हुँदा सबै अायात यहिबाट हुँदै अाएकाे थियाे । अहिले ताताेपानिबाट पनि सामान अायात तथा निर्यात हुन थालेपिछ रसुवागढिमा अायात तथा निर्यात किम भएकाे हाे ।
याे नाकाबाट स्याउका साथै नास्पाति पनि अाउने गरेकाे छ । याे नाकाबाट तयारि कपडा, स्याउ, जुत्ताचप्पल र चस्मा बढि मात्रामा अायात हुने गरेकाे कायांलयले जनाउकाे छ ।





प्रतिक्रिया दिनुहोस्