• २१ माघ २०७९, शनिबार

वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरस देखिए सगै ओपीडी सेवा बन्द

वीर अस्पतालमा ७१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।तीनसाता यता वीर अस्पतालमा ७१ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले बताए ।

डा सेन्चुरीका अनुसार संक्रमितहरु विशेषज्ञ चिकित्सक देखि नर्स, ल्याबका कर्मचारी, फर्मासिष्ट, सरसफाइका कर्मचारी गरी ७१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वीर अस्पतालमा डाक्टर र नर्स सहित मंगलबार मात्र १३ जना कर्मचारीमा कोरोना पुष्टि भएको डा सेञ्चुरीले बताए ।अस्पतालका कर्मचारीका कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि अस्पतालले बुधबार देखि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।

‘तीन साताको अवधिमा अस्पतालका डाक्टर, नर्ससहित ७१ जनामा कोरोना पुष्टि भयो,’ डा सेञ्चुरीले खबरहबसँग भने, ‘हिजो आज संक्रमित हुने कर्मचारीको संख्या बढ्दै गएपछि सरसफाइ, स्यानिटाइज गर्न र कन्ट्याक ट्रेसिङका लागि दुई दिनलाई ओपिडि सेवा स्थगित गरेका छौं ।’डा सेञ्चुरीले नियमित ओपीडी सेवा बन्द भएपनि अस्पतालको आकस्मिक सेवा, आकस्मिक ल्याब र शल्यक्रिया सेवा भने संचालन हुने बताए ।





प्रतिक्रिया दिनुहोस्