• १८ माघ २०७९, बुधबार

युरिया मल उपलब्ध गराउन नेपालले बङ्गलादेशसँग गर्‍यो आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ। त्यस क्रममा प्रधानमन्त्री ओलीले ५० हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा प्रधानमन्त्री हसिना, बङ्गलादेश सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकाे परराष्ट्र मन्त्रालयले बताएको छ।





प्रतिक्रिया दिनुहोस्