• ६ चैत्र २०८१, बिहीबार

२४ घण्टामा ११२० कोरोना संक्रमण पोजेटिभ ;संक्रमणबाट १२ जनाको मृत्यु

आज नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या४१ हजार ६ सय ४९ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त १हजार १ सय १२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २३हजार २सय ९० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बुधबार सम्म पीसीआर विधिबाट ७ लाख १८ हजार ४३९ परीक्षणहरु गरिएका छन् ।





प्रतिक्रिया दिनुहोस्