• २ फाल्गुन २०८१, शुक्रबार

उपत्यकामा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौमा तीन सय ५०, ललितपुरमा २९ र भक्तपुरमा नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । बुधबार देशभर एक हजार एक सय २० जनालाई कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्