• १८ माघ २०७९, बुधबार

सिद्धार्थ इन्स्योरेन्सले कोरोना संक्रमित पत्रकार खनाललाई बिमा रकम हस्तान्तरण

कोरोना भाईरसबाट संक्रमित भएका पत्रकार जगदीश खनाललाई इन्स्योरेन्स कम्पनीले बिमाङ्क रकम प्रदान गरेको छ । बिमक खनाललाई सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बुधबार एक लाख रुपैयाँ हस्तान्तरण गरेको नुवाकोट शाखाका प्रवन्धक श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ। कम्पनीले बिमक खनालको बिमाङ्क रकम आफ्नै बैङ्क खातामा ट्रान्सफर गरेको शाखा प्रबन्धक आचार्यले जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सचिव समेत रहनुभएका पत्रकार खनाल कोरोनाको पिसिआर रिर्पोट पोजेटिभ आएपछि गत भदौ ३ गते
त्रिशुली अस्पतालको आईसोलेसनमा बस्नुभएको थियो ।

साउन २८ गते पिसिआर परिक्षण गराउनुभएका पत्रकार खनालको भदौ ३ गते पोजेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिनभएको छ ।
भदौ ५ गते संकलन गरिएको स्वावको परिक्षणमा ८ गते नेगेटिभ
आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमकुमार राईले जानकारी दिनुभएको छ ।

सिद्धार्थ ईन्स्योरेन्स कम्पनीबाट पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको समन्वयन र सहकार्यमा ९५ जना पत्रकारहरुले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा बिमा गरेको पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्