• २९ पुष २०८१, सोमबार

राज्यकोषको दोहन बन्द गर सरकार

धान रोपाईँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा हो ।पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देख्न सकिन्छ ।सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गरेको छ । गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली विग्रने, धान उत्पादनमा ह्रास आउने र त्यसैको उपज उत्पादनमा असर परी भोकमरी हुने अवस्था नआउला भन्न सकिन्न ।

कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने र खाद्यान्नको अभाव हुने देखिन्छ । सरकारलाई कृषकको पीडावोध गरी तत्काल निकाशको बाटो खोजेर कत्तिपनि विलम्ब नगरी मल आयात गरेर सहुलियतदरमा मल उपलब्ध गराउन पर्नेमा किन मल आयातमा भइरहेको ढिलाई , भ्रष्टाचार तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई सख्त कारबाहीको दायरामा ल्याउन किन सक्दैन सरकार ??





प्रतिक्रिया दिनुहोस्