• २५ माघ २०७९, बुधबार

बाग्मती प्रदेश सहित देशका विभिन्न ठाउँमा भारी बर्षाको सम्भावना

आज बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले पनि गण्डकी र कर्णालीका केही स्थानमा हल्का पानी परिरहेको छ। पूर्वी तराईका एक–दुई जिल्लामा घाम देखिएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया बदली घाम नलागेको, आकाश बादलले ढोकेको छ।

दिउँसो देशका केही स्थान (पूर्वदेखि पश्चिमसम्मै ) मा बदली रही केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। त्येसैले सुरक्षित भएर बस्न समेत आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्