कोरोना रोगको सक्रमण देखिएसगैँ अस्पतालको आइशोलेसनमा राखिने भएपनि नुवाकोटका एक सक्रमतिलाई घरकै आइशोलेसनमा राखिएको छ ।नेपाली सेनामा कार्यरत रहेका शिवपुरी गाउँपालिका वडा नं. ६ का २४ वर्षका सक्रमित पुरुष आफ्नै घरको आइशोलेसनमा बसेका छन् । काठमाडौको छाउनी स्थित सैनिक अस्पतालमा कार्यरत नेपाली सैनिक समेत रहेका ती व्यक्ति काठमाडौमा जाँच गराउदा रोगको सक्रमण देखिएसगैँ हिजो नै नुवाकोट स्थित घरमै आएर आइशोलेसनमा बस्न सुरु गरेको हो ।
दुई वटा घर मध्ये एकघरमा उनी बस्ने र त्यहाँ नै खाना सहितको बसोबाँसको सुविधा मिलाइएको शिवपुरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभएको छ । उहाँको अनुसार कोरोना रोगको सक्रमण देखिएपनि ती व्यक्तिमा कुनै लक्षण देखिएको छैन भने घर छाडेर अन्यत्र नजाने प्रतिबद्धता सहित छिमेकीले पनि उनलाई घरमै बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्न सहयोग पुराएका छन् । नुवाकोटमा अहिलेसम्म ९३ जना कोरोना सक्रमित देखिएकोमा जिल्लाभित्रका सबै सक्रमितलाई त्रिशूली र खरानीटार अस्पतालको आइशोलेसनमा राखेर स्वाथ्यकर्मीको निगरानीमा उपचार हुदै आएकोमा हिजो सक्रमित देखिएका शिवपुरी गाउँपालिका वडा नंं ६ का पुरुषलाई जिल्लामै पहिलो पटक रोग विरुद्ध उपचारको लागी घरमै बस्ने व्यावस्था मिलाइएको हो ।