कोरोना रोगको सक्रमण देखिएका बेलकोटगढी नगरपालिका वडा नं.४ का एक पुरुष काठमाडौबाट नुवाकोट स्थित त्रिशूली अस्पतालको आइशोलेसनमा ल्याइएको छ । आमाको स्वास्थ्य उपचारको लागी काठमाडौको वीर अस्पतालमा लामो समयदेखि बसेका ३८ वर्षका ती पुरुष व्यक्तिलाई धादिको धाक्रेहुदै बेलकोटगढी नगरपालिका वडा नं. ४ चनौटे स्थित घर जान लागेको समयमा धादिङबाट नुवाकोट आइपुग्नु अगावै बाटोबाटै गल्छी हुदै त्रिशूली अस्पतालको आइशोलेसनमा ल्याइएको हो ।
ती व्यक्तिलाई मंगलबार नै कोरोना रोगको सक्रमण देखिएपनि मोबाइल नं. गलत भएको कारण पत्ता लगाउन समय लागेको हो । उनी काठमाडौबाट धाक्रेसम्म गाडीमा आएर पैदल मार्फत हिडेर हिजो घर जान लागेको समयमा फोन नं. पत्ता लगाई सम्पर्क भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनलाई बाटाबाटै घर जानुपूर्व एम्बुलेन्स मार्फत त्रिशूली अस्पतालको आइशोलेसनमा राखिएको छ । उनी घर गएमा उनको सम्पर्कमा रहेका अन्य व्यक्तिको जाँच तथा परीक्षण गराउन पर्ने र घर क्षेत्रलाई सिल गर्नुपर्ने भएकाले बाटोबाटै सुरक्षित रुपमा त्रिशूली अस्पतालको आइशोलेसनमा ल्याउन एम्बुलेन्सको व्यावस्था मिलाइएको बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभएको छ ।
बेलकोटगढी नगरपालिकामा कोरोना रोगको सक्रमण थपिनेक्रम निरन्तर बढेपनि अहिलेसम्म काठमाडौमा नै बसोबास गरेको तथा स्वास्थ्य उपचार लगायतको लागी काठमाडौ गएका व्यक्तिमा मात्र रोगको सक्रमण देखिएको हो । नुवाकोट प्रवेशको लागी कोल्पुटारको मुख्य नाका सहित कुमरी, ककनी लगायतका नाकाहरु भएकाले रोगको सक्रमण भित्रनसक्ने जोखिम समेत उच्च भएकाले निगरानी बढाइएको नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभएको छ ।
रोगको सक्रमण भित्रन नदिनको लागी प्रशासन कार्यालयले जारी गरेको निषधाज्ञाको पालना र बाहिरी जिल्लबाट भित्रनेलाई अनिवार्य एकान्तबासमा बस्ने मापदण्ड कार्यान्वयनको लागी वडास्तरीय कोरोना रोगको रोकथाम समूह गठन गरेर परिचालन गरिएको छ ।