बागमती प्रदेशका उपसभामुख राधिका तामाङको स्वकीय सचिव एलिशा थापालाई पनि कोरोना रोगको सक्रमण पुष्टि भएको छ । उपसभामुख राधिका तामाङलाई कोरोना रोग देखिएसगैँ उहाँको प्रत्यक्ष सम्पर्कमा रहेको भएकाले गरिएको परीक्षणमा रोग भएको नतिजा आएको हो । कोरोना रोग देखिएसगैँ उहाँ अहिले हेटौडा स्थित उपसभामुख निवासमा बनाइएको आइशोलेसनमा बस्नु भएको छ ।
नेपाल महिला रुग्बी टीमका कप्तान समेत रहनुभएका एलिसा थापालाई कोरोना रोगको सक्रमण देखिएपनि कुनै लक्षण नभएको र स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
गएको भदौ १ गते बागमती प्रदेशका उपसभामुख राधिका तामाङ र उहाँको छोरालाई कोरोना रोग देखिएसगैँ पहिलो पटक गरिएको परीक्षणमा उहाँको स्वकीय सचिवलाई रोग नभएको नतिजा आएको थियो भने दोश्रो पटक गरिएको परीक्षणमा सक्रमण भएको नतिजा आएको हो । उपसभामुख राधिका तामाङ र उहाँको छोराको दोश्रो पटक गरिएको परीक्षणमा भदौ १४ गते रोग नभएको नतिजा आएसगैँ उपसभामुख आइशोलेसन छाडेर निवासकै क्वारेन्टिनमा बस्नुभएको छ ।